प्रभु र सेञ्चुरी बैंकबीच प्राप्तिसम्बन्धी अन्तिम सम्झौता

काठमाडौं । प्रभु बैंकले सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति गर्ने सम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

अन्तिम सम्झौतापत्रमा प्रभु बैंकको तर्फबाट संयुक्त प्राप्ति समितिका संयोजक रमेश सिंह खड्का र सेञ्चुरी बैंकको तर्फबाट संयुक्त प्राप्ति समितिका अध्यक्ष मनबहादुर राईले बुधबार हस्ताक्षर गरे ।

उक्त सम्झौता प्रभु बैंकको प्रधान कार्यालयमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्