कुमारी बैंकमार्फत रेमिट आईपीओमा आवेदन दिन सकिने
काठमाडौं, मंसिर २२ । कुमारी बैंक लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कुमारी रेमिट आईपीओ बचत खाता सञ्चालनमा ल्याएको छ।
खातामार्फत वैदेशिक रोजगारीमा रहेका आवेदनकर्ताहरुका लागि सुरक्षित गरिएको १० प्रतिशत प्राथमिक सेयर निष्काशनमा आवेदन दिने व्यवस्था मिलाइएको छ।
श्रम स्वीकृति, वैध भिसा र पासपोर्टका आधारमा रेमिट आईपीओ बचत खाता खोली प्राथमिक सेयरमा आवेदन दिन सकिनेछ। बैंकले शाखा अथवा अनलाइनमाध्यमबाट समेत सो खाता खोल्न सकिने व्यवस्था मिलाएको छ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले प्रथमिक सेयरमा लगानी गर्ने अवसरलाई सुनिश्चित गर्न कुमारी बैंकले ल्याएको यस सुविधाले मद्दत गर्ने विश्वास गरिएको छ।
बैंकले देशव्यापी रुपमा १९९ शाखा सञ्जाल, १९५ एटीएम, ६० शाखारहित बैंकिङ्ग इकाइ तथा ३६ एक्सटेन्सन काउन्टरबाट सेवासुविधाहरु प्रदान गर्दै आएको छ।
प्रतिक्रिया दिनुहोस्