नेपाल पत्रकार महासंघको ६३ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरेर मनाईदै

काठमाडौं । नेपाली पत्रकारहरूको छाता संस्था नेपाल पत्रकार महासंघ स्थापनाको ६३ औं वर्षमा प्रवेश गरेको छ । देश संघीय संरचनामा प्रवेश गरेपछि महासंघले आज पहिलो पटक आफ्नो स्थापना दिवस मनाउँदैछ ।

स्थापना दिवसको अवसरमा महासंघको केन्द्रीय कार्यालय काठमाडौं, जिल्ला शाखा, प्रतिष्ठान, एसोसिएट र वैदेशिक शाखाहरुले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । दिवसका अवसरमा महासंघ केन्द्रीय कार्यालयले बिहान १० बजे संचारग्राममा सभामुख कृष्णबहादुर महराको प्रमुख आतिथ्यतामा पूर्वसभापतिलाई सम्मान गर्ने भएको छ ।

यस्तै दिउँसो २ बजे शुभकामना आदानप्रधान तथा चियापान कार्यक्रम आयोजना गरिएको महासंघका सचिव रमेश विष्टले जनाकारी दिनुभयो ।

स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै महासंघका अध्यक्ष गोविन्द्र आचार्यले आम सञ्चारकर्मी तथा प्रेस स्वतन्त्रताका पक्षधरहरूमा शुभकामना व्यक्त गर्नुभएको छ ।

सञ्चार क्षेत्र विभिन्न अवसर र चुनौतीका बीचबाट गुज्रिरहेको भन्दै उहाँले संविधानसभाबाट जारी भएको नयाँ संविधान अनुसार देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको संस्थागत अभ्यास सुरु भएको उल्लेख गर्नुभएको छ ।

‘नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्म र भावनाअनुरुप नेपाली सञ्चार क्षेत्रको पुनर्संरचना अहिलेको प्रमुख आवश्यकता हो’ उहाँको सन्देशमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्