काठमाडौंमा ‘जापान टाउन’ सम्मेलन आयोजना, जापानी लगानी भित्र्याउने उदेश्य
काठमाडौं, मंसिर २० । नेपाल- जापानबीच लगानी भित्र्याउने उदेश्यसहित ‘जापान टाउन’ सम्मेलन आयोजना गरिएको छ ।
जापान -नेपाल व्यापारिक मैत्री सम्बन्धलाई अझै सहज बनाउने उद्देश्यसहित सम्मेलनको आयोजना गरिएको हो । सम्मेलनमा भाग लिन जापानी २५ ठूला कम्पनीका प्रतिनिधि नेपाल आएका थिए ।
आइडिया स्टुडियो नेपाल, लिड एक्सलगायतको आयोजनामा मंसिर १४ गते शुक्रबारदेखि मंसिर १८ गतेसम्म शिखर सम्मेलन राखिएको थियो ।
सम्मेलनमार्फत नेपाल र जापानको व्यापारिक सम्बन्धलाई बलियो बनाउनका साथै नेपालमा जापानी लगानी भित्र्याउन मद्दत पुग्ने विश्वास लिइएको छ ।
सम्मेलनमा नेपाल पर्यटन विकास बोर्ड, नेपाल उद्योग परिसंघ, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रसँग सहकार्य गरिएको थियो ।
जापानी लगानीकर्ताले नेपालमा पर्यटन र उत्पादनमुलक उद्योगमा प्रचुर सम्भावना रहेको भन्दै लगानी भित्र्याउन चाहेको बताएका छन् ।
सम्मेलनमा होटल, रेस्टुरेण्ट, प्रविधि, शिक्षा लगायत विभिन्न क्षेत्रमा गरिने लगानीका बारेमा पनि छलफल गरिएको छ । त्यसैगरि दुवै तर्फका उद्यमी र व्यवसायीबीच बी टू बी वार्ता तथा बहस पनि भएको बताएको छ ।
सम्मेलनमा विभिन्न कार्यक्रमहरु समाहित गरिएको थियो । जसले नेपाल र जापानको व्यापारिक सम्बन्ध लाइ बलियो बनाउनुका साथै नेपालमा जापनी लगानी भित्राउन अनि नेपाली प्रतिभालाई जापानी बजारमा एक उच्च स्थान दिने पनि विश्वास लिएको छ।
साथै जापानी प्रतिनिधिहरुले नेपालमा सम्भावना अन्वेषण गर्न बिभिन्न आइटी कम्पनि, विश्वविधालयहरुको पनि भ्रमणगरेका छन् , जसले अब आउने भविष्यका दिनहरुमा जापानी लगानीकर्ता लाई नेपालमा लगानी गर्नका निम्त सहज भूमिका निर्वाह गर्नेछ।
जापान टाउनका मध्यमबाट नेपाली दक्ष जनशक्तिलाई रोजगार समर्थन गरिनेछ जसले आईटी इन्जिनियरहरू (नेपाल, जापानमा), offshore विकासमा केन्द्रित जापानी कम्पनीहरूमा रोजगारी गर्न पाउने छन्। साथै यो अवधारणा ले जापानी भाषा शिक्षा: जापानमा अध्ययन, रोजगारीको लागि आवश्यक जापानी भाषा शिक्षाको कार्यान्वयन, मानव संसाधन विकासमा पनि जोड दिने छ।
त्यसै गरि नेपालको काठमाडौंको अनामनगर स्थित जापानटाउन भवनमा विदेशमा करियर र अध्ययनका लागि परामर्श डेस्क स्थापना गरिएको र आउन चाहने जनशक्तिलाई अवसर प्रदान गर्ने पनि उनीहरुले बताएका छन् ।
यस जापान टाउनमा जापान र नेपालबीचको सञ्चार केन्द्रको रूपमा काम गर्न जापानी भाषा शिक्षाको लागि जापानी भाषा तालिम केन्द्र, क्याफे, सम्मेलन कक्ष, कार्यस्थल आदि उपलब्ध गराइने भएको छ।
प्रतिक्रिया दिनुहोस्