नेपाल एसबिआई मर्चेन्टको सातौँ वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं, मंसिर १९ । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडको सातौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

कम्पनीको सभा सोमबार  बैंकको केन्द्रीय कार्यालय, केशरमहल, काठमाडौंमा सम्पन्न  भएको हो ।

उक्त सभाले कम्पनीको आव २०७८/७९ को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७९ को वासलात, आ.ब. २०७८/७९ को नाफानोक्सान हिसाब लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको छ ।

साथै  साधारणसभाले आ.व. २०७९/८० को कम्पनीको लेखापरीक्षण गर्नका लागि एसएमसी एशोसियट्स,चार्टर्ड एकाउण्टेन्टलाई लेखापरीक्षकमा नियुक्ती एवं निजको पारिश्रमिक अनुमोदन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्