मुक्तिनाथ विकास बैंकद्वारा बैंकका ग्राहकहरुलाई बसुन्धराको “दडालो रेष्ट्रोे” मा विशेष छुट

काठमाडौं, मंसिर १९ । मुक्तिनाथ विकास बैंकले बैंकका ग्राहकहरुलाई बसुन्धराको “दडालो रेष्ट्रोे” मा विशेष छुट दिने भएको छ ।

बैंक लि.ले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन बसुन्धराको “द डालो रेष्ट्रोे” रेस्टुरेन्टसँग फुड एण्ड बेभरेजमा विशेष १० प्रतिशत सम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले बसुन्धराको “द डालो रेष्ट्रोे” माफुड एण्ड बेभरेजमा विशेष १०% छुट प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्