नक्कली डाक्टरद्वारा युवती बलात्कृत

काठमाडौं । गंगालाल अस्पतालमा आफ्नो आमाको उपचार गर्न आएकी युवती नक्कली डाक्टरबाट बलात्कृत भएकी छन् ।

आमाको उपचारका लागि अस्पताल पुगेकी युवतीलाई आफू पनि डाक्टर भएको बताउँदै पाल्पा तानसेन–११ घर भइ हाल काठमाडौं–२६ बस्दै आएका २७ वर्षीय अर्जुन कोइरालाले बलात्कार गरेको खुलेको हो ।

ती महिलालाई अर्जुनले आफ्नो नाम सन्तोष घले बताएर अस्पतालका डाक्टरहरुसँग राम्रो चिनजान भएको र आमाको उपचारमा सहयोग गर्छु भनेर झुक्काएर जबरजस्तीकरणी गरेका थिए ।

पीडितले दिएको जाहेरीमा उल्लेख भए अनुसार अर्जुनले महिलालाई सामाखुशीस्थित मित्रनगरस्थित फूलबारी गेष्ट हाउसमा लगेर बलात्कार गरेका हुन् ।

कोइराला यसअघि नेपाली सेनाको जवान रहेको खुलेको छ । त्यहाँ पनि उनी जबरजस्तीकरणी मुद्दामा परेर बर्खास्त भएका थिए ।

कोइरालाले बयानका क्रममा आफूले जबरजस्तीकरणी स्वीकार गरेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्