प्रतिनिधिसभातर्फ कांग्रेस १३ ठाउँमा विजयी (सूचीसहित)

काठमाडौं, मंसिर ७ ।  नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ अहिलेसम्म १३ ठाउँमा जित दर्ता गरेको छ । डडेलधुराबाट प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवासहित कांग्रेसले अहिलेसम्म १३ निर्वाचन क्षेत्रबाट जित निकालेको हो ।

कांग्रेसले प्रतिनिधिसभातर्फ १३ ठाउँमा जित दर्ता गर्दा सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्रले खाता खोल्न सकेको छैन । अर्को सत्ता गठबन्धनको नेकपा (एकीकृत समाजवादी) पार्टीले भने प्रतिनिधिसभातर्फ एक ठाउँमा जित दर्ता गरेको छ । कांग्रेसले भने जितलाई आक्रामक रुपमा अगाडि बढाएको छ ।

कांग्रेसका विजयी उम्मेदवार

शेरबहादुर देउवा, डडेलधुरा
गगन थापा, काठमाडौं, ४
प्रदीप पौडेल, काठमाडौं ५
रमेश रिजाल, पर्सा ४
शंकर भण्डारी, तनहुँ २
हृदयराम थानी, सुर्खेत २
उदयशमशेर राणा, ललितपुर १
मोहन आचार्य, रसुवा
सन्तोष चालिसे, काठमाडौं ३
राजेन्द्रकुमार केसी, काठमाडौं १०
प्रकाशमान सिंह, काठमाडौं १
योगेश गौचन थकाली, मुस्ताङ
टेकबहादुर गुरुङ, मनाङ

प्रतिक्रिया दिनुहोस्