प्रदेशमा पनि कांग्रेसले खोल्यो खाता , मुस्ताङ ‘१’ बाट नाम्डु गुरुङ विजयी

काठमाडौं, मंसिर ५ ।  मुस्ताङको प्रदेशसभा १ बाट नेपाली कांग्रेसका उम्मेदवार नाम्डु गुरुङ निर्वाचित भएका छन्।विजयी गुरुङले १ हजार ४८ मत ल्याए।

उनीसँग प्रतिस्पर्धा गरेका नेकपा एमालेका इन्द्रधारा विष्ट ७ सय ९३ मतमा समेटिए।

विष्ट यसअघि एमालेबाट निर्वाचित प्रदेश सांसद थिए। यहाँ १ हजार ८ सय ५५ मत खसेको थियो।

यहाँ प्रतिनिधिसभातर्फ कांग्रेसकै योगेश गौचन थकाली निर्वाचित भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्