सुनको मूल्य बढ्यो, कति छ आजको बजार भाउ ?

काठमाडौं, मंसिर २ । नेपाली बजारमा साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने घटेको छ।

सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढ्दा चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेको महासंघले जनाएको छ।

शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य ९८ हजार एक सय, तेजावी सुनको मूल्य ९७ हजार ६ सय र चाँदीको मूल्य १ हजार २८० रुपैयाँ तोकिएको छ।

बिहीबार छापावाल सुनको प्रतितोला मूल्य ९८ हजार, तेजावी सुनको मूल्य ९७ हजार ५ सयर चाँदीको मूल्य १ हजार २८५ रुपैयाँ थियो।

प्रतिक्रिया दिनुहोस्