प्रदेश नं २ को प्रदेशको आर्थिक कार्यविधि (विधयेक) पारित

काठमाडौं । प्रदेश नं २ को प्रदेशसभाबाट आर्थिक कार्यविधि (विधयेक) आज पारित भएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले प्रदेश सरकारका तर्फबाट सोमबार प्रदेशसभामा आर्थिक कार्यविधि ९विधेयक० पेस गर्नुभएको थियो । प्रदेशसभामा सो विधेयक उपर मंगलबारदेखि चलेको छलफलबाट बुधबार प्रदेशसभा बैठकले पारित गरेको संघीय समाजवादी फोरमका प्रदेश सांसद कौशल यादवले जानकारी दिनुभयो ।

यससँगै अब प्रदेश सरकारले बजेट ल्याउने बाटो खुलेको छ । प्रदेशसभाको अर्को बैठक यही चैत १९ गते दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्