मेगा बैंकले ७.८३ प्रतिशत लाभांश दिने
काठमाडौं, कार्तिक ३० । मेगा बैंकले सेयरधनीलाई ७.८३ प्रतिशत लाभांश दिने भएको छ ।
बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई ७.८३ प्रतिशत लाभांश दिन लागेको हो । जसमा ४ प्रतिशत बोनस सेयर तथा ३.८३ प्रतिशत नगद लाभांश छ ।
मेगा बैंकको चुक्ता पुँजी १६ अर्ब १२ करोड रहेको छ । बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने सम्झौता गरेको छ ।
प्रतिक्रिया दिनुहोस्