शिवम् सिमेन्टले गर्ने भयो आईपिओ निष्काशन
काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले आईपिओ विक्री गर्ने भएको छ । कम्पनीले जारी पूँजीको स्थानीय वासीन्दाका लागि २ प्रतिशत तथा सर्वसाधारणका लागि १० प्रतिशत आइपिओ विक्री गर्न लागेको हो ।
गत वर्ष धितोपत्र बोर्डले वास्तविक लगायत अन्य क्षेत्रले न्युनतम १० प्रतिशत सेयर सर्वसाधारणलाई निष्कासन गर्न पाउने व्यवस्था गरेपछि शिवमले पनि आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको हो ।
आईपिओ जारी गर्न शिवम् सिमेन्टले चैत ६ गते धितोपत्र बोर्ड निवेदन दर्ता गराएको छ । आईपिओ निष्काशनमा विक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ ।
शिवम् सिमेन्टले ४ अर्ब ४० करोड रुपैयाँ जारी पूँजीको १२ प्रतिशत हुन आउने ५२ करोड ८० लाख रुपैयाँ बराबरको ५२ लाख ८० हजार कित्ता सेयर सर्वसाधारण र उद्योग प्रभावित स्थानीय बासिन्दाका लागि समेत निष्कासन गर्न लागेको हो । जसमध्ये आठ लाख ८० हजार कित्ता उद्योग प्रभावित स्थानीय बासिन्दाका लागि तथा ४४ लाख कित्ता सर्वसाधारणमा जारी हुनेछ ।
कम्पनीको माघ २१ गते सम्पन्न विशेष साधारणसभाले सर्वसाधारणहरूलाई प्रिमियम मूल्यमा आईपिओ जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्