चिकित्सा शिक्षा विधेयक संसदमा अड्कियो

काठमाडौं । संसद्मा विचाराधीन अवस्थामा रहेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गराउन सभामुख र प्रमुख दलका शीर्ष नेताबीचको छलफलमा सहमति जुट्न नसकि टुङ्गिएको छ ।
शिक्षा मन्त्री गोपालमान श्रेष्ठले संशोधन गरी ल्याएको चिकित्सा शिक्षा विधेयक पास गर्नुपर्ने अडान राखेको थियो । तर, एमाले र माओवादी केन्द्रका नेताहरुले संसदीय समितिबाट सर्वसम्मत आएको विधेयक मन्त्रीले संशोधन गर्न नमिल्ने भन्दै संशोधन गर्नैपर्ने भए पुनः संसदीय समितिमा फर्काउनुपर्ने धारणा राखेका थिए ।
व्यवस्थापिका–संसद्को आजको बैठकअघि सभामुख ओनसरी घर्तीले दलबीच सहमतिका लागि प्रयास गरे पनि सहमति नभएपछि सो विधेयक कार्यसूचीमा समेत आउन सकेन । संसद्को कार्यकाल सकिन दुई दिन मात्र बाँकी भएको र कार्यसूचीसहितको औपचारिक बैठक सम्भवतः आजै सकिने भएकाले उक्त विधेयक थन्किने नश्चितप्राय देखिएको छ ।
डा. गोविन्द केसी माथेमा आयोगको प्रतिवेदनअनुसार विधेयक पारित हुनुपर्ने माग राखी १३औँ पटक अनशनरत छन् ।

प्रतिक्रिया दिनुहोस्