विप्लव पार्टी पनि कठोर : ओली र प्रचण्ड विरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

केही दिन अगाडि सरकारले विप्लवका विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । त्यसको जवाफमा विप्लवको पार्टीेले ओली र प्रचण्ड विरुद्ध पनि पक्रा पुर्जी जारी गर्ने बताएको थियो ।

दुई नेताका नाममा ‘जनअदालत’ मा मुद्दा परेको भन्दै त्यसका बारेमा छलफल गर्नका लागि १५ दिनभित्र हाजिर हुन नेकपाले वारेन्ट जारी गरेको छ । प्रधानमन्त्री केपी ओलीका विरुद्ध जारी गरिएको वारेन्ट पत्र आजै प्रधानमन्त्रीको भक्तपुरस्थित निजी निवास र सुकेधारा स्थित पार्टी कार्यालयमा टाँसिएको सो पार्टीको दावी छ ।

सो पार्टीको रोल्पमा रहेको ‘जनअदालत’ का प्र्रकाशको नामबाट जारी गरि पुर्जीमा १५ दिनभित्र केन्द्रीय जनअदालत रोल्पामा उपस्थित हुन उर्दी जारी गरिएको छ । वारेन्टमा १५ दिनभित्र हाजिर नभएमा जनपरिषद नेपालको नीति नियम अनुसार हुने चेतावनी पनि दिइएको छ । तर, त्यस्तो नियम के छ भन्ने खुलाइएको छैन् ।

दुबै नेताका विरुद्धमा फरक फरक मुद्दा परेको जनअदालतले जनाएको छ । प्रचण्डका विरुद्ध जारी पुर्जीमा क्रान्तिप्रति विश्वासघात गरेकोदेखि राष्ट्रहित विरुद्ध कार्य गरेकोसम्मको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्