गरिमा विकास बैंकले गर्यो लाभांश दिने घोषणा, बोनस सेयर र नगद कति ?

काठमाडौं, कार्तिक २५ ।  गरिमा विकास बैंकले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ।

बैंकको बिहिबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १३ प्रतिशतले बोनस सेयर दिने निर्णय गरेको छ। यसका साथै बोनसमा लाग्ने कर तिर्न १.५ प्रतिशत नगद लाभांश पनि फिने भएको छ।

बैंकले हाल कायम चुक्तापुँजी ४ अर्ब ५९ करोड ८ लाख ७३ हजार ५०१.८९ रुपैयाँको १३ प्रतिशतले हुन आउने ५९ करोड ६८ लाख १३ हजार ५५५.२५ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ १.५ प्रतिशतले हुन आउने ६ करोड ८८ लाख ६३ हजार १०२.५३ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणभासबाट सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्