सिटिजन्स बैंकद्वारा च्याटबट सेवा सिटिजन्स साथिको शुरुवात

काठमाडौं , कार्तिक २३ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले वेबसाइट मार्फत च्याटबट सेर्वा सिटिजन्स साथिको’ शुभारम्भ गरेको छ ।

यस नवीनतम सेवा मार्फत अब ग्राहकहरूले कुनै पनि बैंकिङ्ग सेवाहरूको अनुरोध सिधै च्याटबट सेवा–सिटिजन्स साथि द्वारा गर्न सक्नेछन् ।

साथै ग्राहकहरूले बैंकिङ्ग सेवा सम्बन्धी जिज्ञासाहरूको लागि यस प्लेटफम मार्फत बैंकका एजेन्टसँग प्रत्यक्ष कुराकानी गर्न सक्न्नेछन् । यस सेवा गा्रहक मैत्री हुनुका साथै ग्राहकहरूका लागी अझ सहज, सुरक्षित, सर्वसुलभ, र विश्वास योग्य हुने बैंकले जानएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८० वटा शाखा, १३३ वटा ए.टि.एम. र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १४ लाख ९० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्