सिद्धार्थ बैंकको ‘भिसा रेमिट्यान्स’ सेवाको शुभारम्भ
काठमाडौं, कार्तिक २२ । सिद्घार्थ बैंकले रेमिट्यान्स सेवालाई सरल, सहज र सुरक्षित बनाउने उद्देश्यले भिसा इन्टरनेसनलसँगको सहकार्यमा ‘भिसा रेमिट्यान्स’ सेवाको सुरुवात गरेको छ ।
उक्त नविन सेवा मार्फत विश्वका १८० भन्दा बढी देशबाट स्वदेशी तथा विदेशी ग्राहकहरुले आफ्ना परिवार, आफन्त तथा साथीहरुलाई छिटो तथा सुरक्षित तरिकाले रकम पठाउन सक्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
स्वदेशी तथा विदेशी ग्राहकहरुले ‘भिसा रेमिट्यान्स’ सेवामा आबद्ध भएका बैंकहरुको मोबाइल÷इन्टरनेट बैंकिङ्ग तथा रेमिट्यान्स कम्पनीहरू मार्फत भिसा कार्डको १६ अंकको नम्बर प्रयोग गरी उक्त रकम पठाउन सक्नेछन् ।
यो सेवा मार्फत पठाइएको रकम यस बैंकले जारी गरेको भिसा डेबिट ९ लिंक गरिएको बैंक खातामा ० तथा क्रेडिट कार्डमा सोझै प्राप्त गर्न सकिनेछ । यस सेवाले गर्दा ग्राहकवर्गहरुको रेमिट्यान्स सेवा अझ छिटो, सुरक्षित र सुविधाजनक रहने विश्वास बैंकले लिएको छ ।
प्रतिक्रिया दिनुहोस्