सांग्रिला डेभलपमेन्ट बैंकको सेयर लिलामी खुल्यो, २० गतेसम्म आबेदन गर्न सकिने
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक (SADBL) ले चैत १३ गते मंगलबारदेखि ९ लाख २ हजार ९९७ दशमलव ५० कित्ता अवितरित सेयर लिलामीमा ल्याएको छ । बैंकले संस्थापक समूहको ३ लाख ९२ हजार ७७२ दशमलव ५० कित्ता र सर्वसाधारण समुहको ५ लाख ९ हजार २२५ कित्ता सेयर लिलाम बढाबढमा ल्याएको छ ।
कम्पनीको सेयर बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । इच्छुक लगानीकर्ताले चैत्र २० गतेसम्म आबेदन गर्न सकिने यस कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।
यसका अलवा लगानीकर्ताले विक्री प्रबन्धकको कार्यालय कमलादी, सांग्रिला बैंकका केन्द्रीय कार्यालय बालुवाटार, शाखा कार्यालयहरु पोखरा, बुटवल, नारायणगढ, नेपालगञ्ज, सुर्खेत, अत्तरिया र घोरहीबाट समेत लिलामीका लागि शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।
बैंकले गत पुस १७ गतेदेखि माघ २९ गते सम्म चुक्ता पूँजीको ८० प्रतिशतबराबरको एक करोड आठ लाख ६७ हजार ७९८ कित्ता हकप्रद जारी गरेकोमा अवितरित सेयर लिलामीमा ल्याएको हो ।
हकप्रद लिलामी पश्चात बैंकको चुक्ता पुँजी २ अर्ब ४४ करोड ५२ लाख रुपैयाँ पुग्नेछ । बैंकको सेयर मंगलबार प्रतिकित्ता १५५ रुपैयाँ हाराहारीमा कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्