सुनको मूल्य आज तोलामा तीन सयले घट्यो

काठमाडौं, कार्तिक २२ । सुनको मूल्य तोलमा तीन सय रुपैयाँले गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ९४ हजार ३ सय रूपैयाँ प्रतितोला कारोबार भएको सुनको मूल्य मंगलबार ९४ हजार रूपैयाँ कायम भएको छ।

तेजाबी सुनको मूल्य तोलको ९३ हजार ५ सय रूपैयाँ कायम हुँदा चाँदीको मूल्य भने स्थिर रहेको महासंघको भनाइ छ।

यससँगै मंगलबार चाँदी प्रतितोला १ हजार २६५ रूपैयाँमा किनबेच हुनेछ।

प्रतिक्रिया दिनुहोस्