ग्लोबल आईएमई बैंकका ग्राहकलाई ‘दराज ११ः११’ मा २० प्रतिशत छुट

काठमाडौं, कार्तिक २१ ।  ग्लोबल आईएमई बैंक लिमिटेडका ग्राहकहरुले ‘दराज ११ः११ अफर’मा २० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरुले १५ प्रतिशत वा दुई हजार ५०० रुपैयाँसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरुले २० प्रतिशत वा तीन हजार रुपैयाँसम्म छुट पाउने बैंकले जनाएको छ ।

छुट पाउनका लागि बैंकको कार्ड बाहक ग्राहकहरुले दराज एपबाट ग्लोबल आइएमई बैंकको छुट भौचर लिनुपर्ने कम्पनीले जनाएको छ । यो योजना नोभेम्बर ११ देखि सीमित अवधिको लागि लागु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्