मौसम आंशिकदेखि सामान्य बदली, केही ठाउँमा पानी पर्ने सम्भावना

काठमाण्डाै , कात्तिक २१ – देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली भएको छ । पश्चिमी वायुको प्रभावका कारण देशका धेरै ठाउँको मौसम बदली भएको मौसमविद् मञ्जु बासीले बताउनुभयो । उहाँका अनुसार आज हिजोअस्तिको जस्तो घाम लाग्ने सम्भावना छैन ।

घाम लाग्ने र फेरि बदली हुने क्रम आज दिनभरि चल्ने उहाँले बताउनुभयो । भोलिको मौसम भने आजको भन्दा सफा हुनेछ । तर, पर्सि फेरि बदली हुने सम्भावना रहेको मौसमविद् बासीले जानकारी दिनुभयो । पर्सि पश्चिमी क्षेत्रका केही पहाडी क्षेत्रमा पानी पर्ने अनुमान समेत गरिएको उहाँले बताउनुभयो ।

पर्सि काठमाण्डौमा पनि हल्का पानी पर्ने अनुमान छ । आज पनि पहाडी जिल्लाका एक/दुई ठाउँमा हल्का पानी पर्ने मौसमविद्को अनुमान छ । मौसम बदली भएकाले चिसो बढेको छ । न्यूनतम तापक्रम नघटे पनि राम्ररी घाम नलाग्दा अधिकतम तापक्रम घट्ने भएकाले चिसो बढेको हो ।

प्रतिक्रिया दिनुहोस्