एभरेष्ट बैंकके गर्यो लाभांश दिने घोषणा, बोनस सेयर र नगद कति ?

काठमाडौं, कार्तिक २० ।  एभरेष्ट बैंकले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ।

बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद लाभांश गरी कुल २०.६८ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने बैंकले जनाएको छ।

हाल बैंकको चुक्ता पूँजी ९ अर्ब ४२ करोड ७३ लाख ४० हजार २०९ रुपैयाँ रहेको छ। १३ प्रतिशत बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी १० अर्ब ६५ करोड २८ लाख ९४ हजार ४३६ रुपैयाँ १० पैसा पुग्नेछ।

प्रतिक्रिया दिनुहोस्