दश महिनामा पौने पाँच लाख पर्यटक नेपाल भित्रिए

काठमाडौं, कार्तिक १८ । कोरोना महामारीका बाबजुद सन् २०२२ सुरु भएपछिको १० महिनामा नेपालमा पौने पाँच लाख पर्यटक भित्रिएको पाइएको छ ।

सन् २०२२ को जनवरी देखि अक्टुबरसम्मको अवधिमा उनीहरु घुम्नको लागि नेपाल आएका हुन् ।

नेपाल पर्यटन बोर्डका अनुसार सो अवधिमा कुल ४ लाख ७३ हजार ५६३ जना पर्यटक नेपाल भित्रिएका थिए । जनवरीमा १६ हजार ९७५, फेब्रुअरीमा १९ हजार ७६६, मार्चमा ४२ हजार ६, अप्रिलमा ६१ हजार ५८९ र मेमा ५३ हजार ६०८ जना पर्यटक नेपाल आएका थिए ।

यस्तै जुनमा ४६ हजार ९५७, जुलाईमा ४४ हजार ४६२, अगस्टमा ४१ हजार ३०४, सेप्टेम्बरमा ५८ हजार ३१४ र अक्टुबरमा ८८ हजार ५८२ जना पर्यटक नेपाल भित्रिएको बोर्डले जनाएको छ ।

बोर्डका अनुसार पछिल्लो १० महिनामा नेपालमा प्रत्येक महिना औसतमा ४७ हजार ३५३ जना पर्यटक आएका छन् ।

प्रतिक्रिया दिनुहोस्