नेपाल बैँक र दराजबीच व्यावसायिक साझेदारीको घोषणा

काठमाडौं, कार्तिक १८ ।   नेपाल बैँक लिमिटेड र अनलाइन सपिङ् पोर्टल दराजबीच व्यावसायिक साझेदारीको घोषणा भएको छ । दराजको लोकप्रिय सपिङ्ग डे ११.११ मा नेपाल बैँकको डेविट क्रेडिट कार्डमार्फत भुक्तानी गर्ने ग्राहकलाई सपिङ्गमा १५ प्रतिशत वा रु. २५०० सम्मको छुट दिने घोषणा भएको हो ।

बैँकको ८६ औं वार्षिकोत्सवको अवसरमा आफ्ना ग्राहकहरूलाई थप सुविधा प्रदान गर्न यस्तो सम्झौता गरिएको बैँकका बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुनबहादुर कँडेलले जानकारी दिए । बिहीबार राजधानीमा भएको सम्झौतामा बैँकका तर्फबाट कँडेल र दराजका तर्फबाट पेमेन्ट तथा पार्टनरसिप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार यो योजना २०७९ कात्तिक २५ गतेदेखि मंसिर ३ गतेसम्म लागू हुनेछ । थप दराजको सपिङ्गमा ग्राहकले अग्रिम भुक्तानी गरे अधिकतम २० प्रतिशत वा रु. ३००० सम्मको छुट प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ । तर उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरूले आफ्नो कार्ड ई–कमर्सको लागि सक्रिय गर्नुपर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्