नागबेली लघुवित्तले पनि गर्यो लाभांश घोषणा

काठमाडौं । नागबेली लघुवित्त विकास बैंकले गतबर्षको मुनाफाबाट ४७.९९ प्रतिशत लाभांश घोषणा गरेको छ । लघुवित्तको बिहिबार बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई ४५.४७ प्रतिशत बोनस र कर प्रयोजनको लागि २.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

हाल लघुवित्त विकास बैंकको चुक्ता पुंजी ५ करोड २५ लाख रहेको छ र बोनसपछि विकास बैंकको चुक्ता पुंजी ७ करोड ६३ लाख पुग्ने छ ।

गत आर्थिक वर्षमा लघुवित्तले तीन करोड ३७ लाख २९ हजार रुपैंया खुद नाफा कमाएको थियो ।

प्रतिक्रिया दिनुहोस्