सि. बि. आई. एल. क्यापिटल लि. को प्रमुख कार्यकारी अधिकृतमा सबिर बादे श्रेष्ठ नियुक्त

काठमाडौं, कार्तिक १७ । सि. बि. आई. एल. क्यापिटल लि. को प्रमुख कार्यकारी अधिकृतमा सबिर बादे श्रेष्ठ नियुक्त भएका छन् ।

श्रेष्ठ एसिसिए हुनुका साथै उनले काठमाडौं विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर हाशिल पनि गरेका छन् ।

यस अगाडि श्रेष्ठ एन.आई.बि.एल्. क्यापिटल मार्केट्स लि. मा उच्च व्यवस्थापन स्तरमा तथा नबिल इन्भेष्टमेन्ट्स बैंकिङ लि. र मेघा क्यापिटल मार्केट्स लि. मा प्रमुख कार्यकारी अधिकृतमा कार्यरत थिए ।

श्रेष्ठसँग देश तथा विदेशमा गरी १७ वर्ष वित्तीय तथा मर्चेन्ट बैंकिङ क्षेत्रमा कार्य गरेको अनुभव रहेको छ ।

प्रतिक्रिया दिनुहोस्