शेयर बजार निरन्तर ओरालो (अपडेट)
काठमाडौं । नेप्से परिसुचक मंगलबार यो समाचार तयार पार्दा ३१.४६ अंकले घटेको छ । बजार खुलेको केही मिनेट नेप्से सामान्य उकालो लागेपनि त्यसपछि भने क्रमिक रुपमा ओरालो लागेको छ । कारोबारको अवधिमा नेप्से ३१ दशमलव ४६ अंकले घटेर १ हजार १ सय ३७ दशमलव ४६ को बिन्दुमा आइपुगेको छ ।
यति बेला कारोबारमा आएका सबै समूहमा गिरावट आएको छ । जसमध्ये बीमा समूह सबैभन्दा बढी ८४ दशमलव ३२ अंकले घटेको छ ।
प्रतिक्रिया दिनुहोस्