निर्वाचन आयोगविरुद्ध परेका दुई रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं, कार्तिक १५ । निर्वाचन आयोगविरुद्ध परेका दुई रिट निवेदनको सुनुवाइ आज हुँदै छ।

‘नो नट अगेन’ अभियानविरुद्ध विज्ञप्ति जारी गरेको विरोधमा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको हो।

त्यस्तै उम्मेदवारी कायम गर्न अन्तरिम आदेशको माग दाबी लिएर अदालत पुगेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ एवं ललितपुर ३ की उम्मेदवार डा। तोसिमा कार्कीले रिट निवेदन दिएकी छन्।

निर्वाचन आयोगविरुद्ध अदालतमा परेका यी दुवै रिटको आज सुनुवाइ हुने भएको हो।

प्रतिक्रिया दिनुहोस्