ग्लोबल आइएमई बैंकले घोषणा गर्यो १३.६ प्रतिशत लाभांश
काठमाडौं, कार्तिक ७ । ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७८–७९ को कमाइबाट आफ्ना शेयर धनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।
बैंक सञ्चालक समितिको आइतबारको बैठकले आर्थिक वर्ष २०७८–७९ को वितरण योग्य मुनाफाबाट आफ्ना शेयर धनीलाई १३.६ प्रतिशत लाभांश वितरण गर्ने लाभांश प्रस्ताव भएको हो । जसमा बोनस शेयर ३ प्रतिशत र नगद लाभांश १०.६ प्रतिशत रहेको छ । बैंकको चुक्ता पुँजी २३ अर्ब ७९ करोड रुपैँया छ ।
प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाबाट पारित भएपछि शेयर धनीले पाउने छन् ।
प्रतिक्रिया दिनुहोस्