राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं। राष्ट्रिय सभाको बैठक आज बस्ने भएको छ । दिउँसो १ बजे बस्ने गरि बैठक बोलाइएको छ । बैठकमा विभिन्न विषयमा छलफल हुने संसद सचिवालयले जनाएको छ ।

त्यस्तै,संघीय संसद अन्तरगतको संघीय सांसद व्यवस्थापन समिति र राष्ट्रियसभा नियमावली मस्यौदा समितिको बैठक पनि बस्ने भएको छ । संसद भवन नयाँ वानेश्वरमा बिहान ११ बजे बस्ने सांसद व्यवस्थापन समितिको बैठकमा विभिन्न विषयमा छलफल हुने संसद सचिवालयले जनाएको छ ।

त्यस्तै दिउँसो ३ बजे बस्ने राष्ट्रियसभा नियमावली मस्यौदा समितिकोले राष्ट्रियसभा सञ्चालन लगायतका विषयमा छलफल हुने संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्