सिटिजन्स बैंकद्वारा ९ प्रतिशत नगद लाभांश पारित
काठमाडौं, कार्तिक ४ । सिटिजन्स बैंक इन्टरनेसनलको सोह्रौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष राजन सिंह भण्डारीको अध्यक्षतामा शुक्रबार सम्पन्न साधारणसभाले ९ प्रतिशत लाभांश पारित गरेको छ ।
आर्थिक वर्ष २०७८/७९ को वितरणयोग्य मुनाफाबाट १४ अर्ब २ करोड ९७ लाख ४ हजार ६ रुपैयाँको ९ प्रतिशतका दरले हुन आउने रु. १ अर्ब २७ करोड ८० लाख ८७ हजार ६६१ बराबरको नगद लाभांश (लाभांश कर समेत) दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यससँगै सिटिजन्स बंैक आ.व. २०७८/७९ को लाभांश पारित गर्ने पहिलो बैंक बनेको छ ।
साधारणसभाले संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गरिएको छ । बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७९ आषाढ मसान्तको एन/एफ/आर/एस बमोजिम तयार गरिएको वासलात, आ.व. २०७८÷७९ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरू पनि छलफल गरी स्वीकृत भएको छ ।
साथै साबिक सिर्जना फाइनान्सलाई प्राप्ति गरे पश्चात साबिक पूँजी संरचना ५१:४९ परिवर्तन भई कायम भएको पूँजी संरचना ५१.०७:४८.९३ बमोजिम प्रबन्धपत्रमा संसोधन गर्ने प्रस्ताव समेत साधारण सभाले पारित गरेको छ ।
यस्तै सभामा सभाका अध्यक्षले शेयरधनीहरुबाट प्राप्त सुझाव अनुसार बैंकको काम कारवाही संचालन गर्ने र भविष्यमा बैंकले अझबढी प्रगति हाँसिल गर्ने सक्ने विश्वास सभालाई गराएका छन् ।
साथै संस्थागत सुशासन तथा अनुपालना को स्तरलाई उच्चतम राख्ने विषयमा बैंकले सदैव महत्व दिँदै आएको र आगामी दिनहरुमा समग्र बैंकको संस्थागत सुशासन तथा अनुपालनाको अवस्थालाई थप सवल तथा सुदृढ बनाउँदै जाने तर्फ बैंक प्रतिबद्घ रहेको कुरा जानकारी गराए ।
यसका साथै शेयरधनी तथा बैंकसँग सम्बन्धित सम्पूर्णसरोकार पक्षहरुले पु¥याउनु भएको सहयोगको लागि धन्यवाद प्रकट गर्दै यस्तै सहयोग तथा सदाशयता निरन्तर प्राप्त हुने आशा प्रकट गरे ।
प्रतिक्रिया दिनुहोस्