महालक्ष्मी विकास बैंकको लकर सुविधामा आकर्षक योजना

काठमाडौं । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवाप्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंकले बिशेष (महा बचत) खाता खोल्ने ग्राहकहरुको लागि लकर सुविधामा आकर्षक छुटको योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत कार्तिक र मंसिर महिनामा महाबचत खाता खोल्ने ग्राहकहरुले लकर सेवाका बार्षिक शुल्क (प्रथमवर्ष)मा शत प्रतिशत छुट प्रप्त गर्न सक्नेछन् ।

बैंकका दरबारमार्ग, पुतलिसडक, न्यूरोड (काठमाडौं), भैरहवा र न्यूरोड (कास्कीं) शाखा कार्यालयहरुमा लकरको सुविधा रहेको छ । हाल उपलब्ध लकर संख्या सिमित रहेकाले ग्राहकको खाता खोलिएको क्रम र ग्राहकको आवश्यकता अनुसार लकर सेवा प्रदान गर्ने कुरा बैंकले जनाएको छ ।

यस योजना अन्तर्गत खोलिने महा बचत खातामा लकर सुविधामा आकर्षक छुटका साथ साथै बचत खाताहरु मध्येकै सबै भन्दा उच्चतम (१० प्रतिशत)व्याजदर, निशुल्क एटिएमकार्ड तथा मोवाइल बैकिङ लगायतका अन्य सुविधाहरु रहेकाछन् ।

विगत देखिनै ग्राहक महानुभावहरुको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिवद्घ रहि आएको यस बैंकले आमग्राहक महानुभावहरुको बैंकिङ्ग आवश्यकता तथा अपेक्षालाई मध्यनजर गर्दै लकर योजना सञ्चालनमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्