बढ्यो सुन र चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, कार्तिक १ । नेपाली बजारमा मंगलबार सुन र चादीको भाउ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको भाउ प्रतितोला एक सय रुपैयाँले बढेको हो।

यससँगै छापावाल सुन प्रतितोला ९३ हजार ४ सय रुपैयाँ पुगेको छ। त्यस्तै तेजावी सुनको भाउ ९२ हजार ९ सय रुपैयाँ पुगेको छ।

मंगलबार चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले बढेको छ। चाँदी प्रतितोला ११८० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्