सल्यानमा अरिंगालको टोकाइबाट आमा–छोरीको मृत्यु

काठमाडौं, कार्तिक १ । सल्यानमा अरिंगालको टोकाइबाट आमा–छोरीको मृत्यु भएको छ । अन्य एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा सिद्धकुमाख गाउँपालिका–१ हाम्फालकी २१ वर्षीया शोभा बुढाथोकी र उनकी ४ वर्षीया छोरी प्राप्ती बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले बताए ।

सोमबार बेलुका धान काटेर घर फर्कनेक्रममा उनीहरुलाई अरिंगालले टोकेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्