कोरोना अपडेटः थप ४६ जनामा सङ्क्रमण पुष्टि

काठमाडौं , असोज ३१ । देशभर पछिल्लो २४ घण्टामा थप ४६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २ हजार २ सय ८७ जनाको नमूना परीक्षण गरिएको थियो ।

१ हजार १ सय ८३ जनाको पीसीआर र १ हजार १ सय ४ जनाको एन्टीजेन विधिबाट विधिबाट परीक्षण गर्दा ४६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सोमबार १७ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ७ सय ११ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्