सेयरबजारमा गिरावट: नेप्से ५२ अंकले झर्‍यो ,नेप्से घट्दा लगानीकर्ताको ६१ अर्ब गुम्योे

काठमाडौं। वाम सरकार गठन भएदेखि लगातार घटिरहेको सेयर बजारमा सोमबार ‘सर्छिट ब्रेकर’ नै लगाउनुपर्ने गरी गिरावट आएको छ ।

त्यसयता उतार–चढाव हुँदै नेप्से ५२ अंक बराबरले झरेर ११ सय ६८ मा आएर थामियो ।

कारोबार भएका सबै समूहमा गिरावट आउँदा बैंकिङ समूहमा सबैभन्दा उच्च ३८३ अंकको गिरावट आयो । होटल समूह ८१ अंकले झर्‍यो ।

लघुवित्त समूहमा पनि ७५ अंकको गिरावट आयो । जलविद्युत् समूह ६९ अंक र उत्पादनमूलक समूहमा पनि ६० अंकको कमी आयो । विकास बैंक समूह ५१ अनि वाणिज्य बैंक समूहमा ४१ अंकको गिरावट आयो ।

अन्य समूह पनि दोहोरो अंकले ओरालो लाग्दा वित्त समूहमात्र सामान्य अंकले ऋणात्मक रह्यो ।

यसदिन कारोबार परिमाण भने औसत दिनका तुलनामा सामान्य उच्च रह्यो । यसदिन नेपाल स्टक एक्सचेन्जमा १५७ कम्पनीका १५ लाख ६८ हजार कित्ता सेयर ४८ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्