साधना लघुवित्तको अनुशिक्षण कार्यक्रम सम्पन्न
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिको २ दिने अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
गोरखा जिल्लामा केन्द्रिय कार्यालय रहेको उक्त संस्थाको आयोजनामा फिल्ड स्तरको कर्मचारीहरुलाई पहिलो पटक यहि चैत्र १० र ११ गते अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रमकोे उद्घाटन सोहि वित्तीय संस्थाका अध्यक्ष कृष्ण बहादुर थापाले गर्नुभएको थियो ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले लघुवित्तको आधारभूत अवधारणा, प्रभावकारी फिल्ड व्यवस्थापन, कर्मचारीहरुको लक्ष्य तथा प्रगतीको समिक्षा, क्षमता अभिवृद्धि गर्दै व्यवहारिक ज्ञान, सिप, कला तथा आत्मविश्वास वृद्धि गर्ने उदेश्यले उक्त अनुशिक्षण कार्यक्रमकोे संचालन गरिएको बताउनु भयो ।
तालिममा फिल्डको गुणस्तरमा वृद्धि, केन्द्रको गठन, प्रभावकारी समुह प्रवेश तालिम, मासिक केन्द्र वैठक व्यवस्थापन, गुणस्तर कर्जा विश्लेषण, कर्जा सदुपयोगिता, लेखा तथा सोफ्टवेयर व्यवस्थापनका साथै ग्राहक संरक्षण सम्वन्धी विषय वस्तुमा केन्द्रित भएको थियो ।
तालिममा विभागीय प्रमुखहरु क्रमश्ः सरिता ढकाल, रुपेश कुमार झा, राम प्रसाद लामिछाने र किरण श्रेष्ठले सहजिकरण गर्नु भएको थियो, भने नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. क्षेत्रीय कार्यालय पोखराका क्षेत्रीय प्रवन्धक केशव राज ढकाल, पोखरा शाखाका शाखा प्रमुख छविलाल पौडेलद्वारा जीवन विमाको उदेश्य, महत्व, आवश्यकता तथा विमाको वर्तमान् अवस्थाको बारेमा सहभागीहरुलाई सहजिकरण गर्नुभएको थियो ।
यसैगरी उक्त अनुशिक्षण कार्यक्रममा वित्तीय संस्थाका संस्थापक शेयरधनी तिलकजंग के.सी ले तालिमकोे सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
यसै साधना लघुवित्तको विभिन्न शाखा कार्यालयबाट तालिममा २५ जना सहभागीहरु रहेकोमा उक्त कार्यक्रममा उत्कृष्ट कर्मचारीहरु क्रमशः रुपा अधिकारी, संगीता थापा, अलि अस्गर मिया, सोफिया ज्ञावाली, शोभा थापा लगायतलाई पुरस्कृत तथा सम्मान गरिएको थियो ।
१० जिल्लामा कार्यक्षेत्र रहेको यस साधना लघुवित्त वित्तीय संस्था लि.ले स्थापनाको छोटो समयमानै अति विकट पहाडी तथा ग्रामीण क्षेत्रमा १५ वटा शाखा कार्यालयहरु बाट ६ हजार भन्दा वढि विपन्न सदस्यहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।
प्रतिक्रिया दिनुहोस्