थप ५१ जनामा कोरोना संक्रमण पुष्टि, २१ जना निको भए

काठमाडौं, असोज २७ । पछिल्लो २४ घण्टामा देशभर थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ७८६ जनामा गरिएको नमुना परीक्षणमा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै सोही समयमा २१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने नेपालमा हाल ६२२ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्