१३ जना महासेनानीको पदावधि दुई वर्ष थप्ने सरकारको निर्णय ,घरबहाल सम्बन्धी दोहोरो कर नलाग्ने प्रस्ताव पारित

काठमाण्डाैं  प्रधानमन्त्री केपी शर्मा अाेलीको जनसम्पर्क सल्लाहकारमा राज्यमन्त्री सरह सेवासुविधा र हैसियत रहनेगरी अच्युत मैनाली र प्रेस सल्लाहकारमा विशिष्ट श्रेणीको सुविधा प्राप्त गर्नेगरी डा. कुन्दन अर्याललाई नियुक्त गरिएको छ ।

मन्त्रिपरिषद्काे अाजकाे बैठकले अर्थ मन्त्रालयले पेश गरेको घरबहाल सम्बन्धी दोहोरो कर नलाग्ने प्रस्ताव पारित गरेको छ ।

यस्तै रानीजमरा सिँचाइ लम्कीको जग्गा प्राप्त गर्ने सम्बधी परियोजना सञ्चालन गर्न क्षतिपूर्ति दिने भएको छ । निर्वाचनका क्रममा बम विस्फोट हुँदा घाइते भएकाहरूको उपचार खर्च र आर्थिक सहयोग गर्ने प्रस्ताव पनि पारित भएको छ ।

संघीय संरचनामा गइसकेपछि बनेका पदहरूको कूटनीतिक राहदानी प्राप्त गर्ने सम्बन्धमा, जिल्ला समन्वय समितिका संयोजकहरूले पनि उक्त सुविधा प्राप्त गर्ने निर्णय गरिएको छ ।

त्यस्तै, गाउँपालिका अध्यक्षहरूले पनि संस्थागत राहदानीको व्यवस्था गरिने भएको छ । सरकारले रक्षा मन्त्रालयको प्रस्तावमा १३ जना महासेनानीको म्याद दुई वर्षका लागि थप गरेको छ ।

त्यसैगरी, आज बसेको मन्त्रिपरिषदले नेपाली सेनामा रहेका १३ जना महासेनानीको पदावधि दुई वर्ष थप्ने निर्णयसमेत गरेको छ।

आजको बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणको विषय भने प्रवेश नभएको सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्