उपत्यकामा बोतलको पानीको अधिकतम मूल्य १६, जारको ४७ रुपैयाँ

काठमाडौं, असोज २६ ।  वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बोटल तथा जारमा बिक्री हुने पानीको अधिकक्तम खुद्रा मूल्य तोकेको छ ।

विभागले काठमाडौं उपत्यका भित्र र बाहिरको फरक मूल्य तोकेको छ ।

विभागले काठमाडौं उपत्यकामा एक लिटरको बोतलको पानीको अधिकतम खुद्रा मूल्य १६ रुपैयाँ र २० लिटरको जारको पानीको अधिकतम खुद्रा मूल्य ४७ रुपैयाँ तोकेको हो ।

काठमाडौं उपत्यका बाहिर भने १ लिटर पानीको अधिकतम् खुद्रा मूल्य २० रुपैयाँ र २० लिटर जारको पानीको अधिकतम खुद्रा मूल्य ६० रुपैयाँ तोकेको छ ।

विभागले जारी गरेको मूल्यभन्दा बाढीमा पानी बिक्री गरेको पाइएमा उपभोक्ता हित संरक्षण ऐन, २०७५ तथा नियमावली, २०७६ अनुसार कारबाही गरिने विभागले जनाएको छ ।

विभागको सूचना :

 

प्रतिक्रिया दिनुहोस्