भारी गिरावटपछि नेप्सेमा पहिलो सर्किट ब्रेक, सर्किट ब्रेक पछि कारोबारमा सुधार हुँदै

काठमाडौं । केहि दिन यता ओरालो लागेको बजार परिसूचक नेप्सेमा आज भारी गिरावट आएको छ । आज कारोबार सुरु भएको १ घण्टा भित्रै बजार ३ प्रतिशत ९३६.८५ अंकले घटेपछि सर्किट ब्रेक लागेको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले एक कार्यक्रममा शेयर बजारका बिषयमा दिएको अभिव्यक्तीले घट्दो क्रममा रहेको बजार सर्किट लाग्नेगरी घटेको हो ।
अर्थमन्त्री खतिवडाले आइतबार विराटनगरमा आयोजित एक कार्यक्रममा शेयर बजारको घटाई स्वभाविक भएको भन्दै लहडमा सेयरमा लगानी गर्न नहुने बताएका थिए । उनले सेयर बजारमा आपूर्ति बढेपछि बजार घटेको र कम्पनीको वित्तीय अवस्था अध्ययन गरेर मात्र सेयरमा लगानी गर्नुपर्ने सुझाएका थिए ।
बजार खुलेको पहिलो ४० मिनेटमै नेप्से सूचक तीन प्रतिशतले घटेपछि १५ मिनेटका लागि कारोबार स्थगित गरिएको थियो । सर्किट ब्रेकपछि खुलेको बजार भने सम्हालिने क्रममा रहेको छ ।
हालसम्म आज ८७ कम्पनीका ८ सय १९ कित्ता शेयर खरिद बिक्रि बाट ४ करोड ९८ लाख रुपियाँको कारोबार भएको छ । जस मध्ये नेपाल बंगलादेश बैंकको सबै भन्दा धेरै ८२ लाखको कारोबार भएको छ भने राष्ट्रिय बिमा कम्पनीको शेयर मूल्य सबै भन्दा धेरै ६ प्रतिशतले घटेको छ। बिमा समूह सबै भन्दा धेरै १६८ अंकले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्