भुजुङ हाइड्रोपावरले साधारण शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल
काठमाडौं, असोज १२ ।भुजुङ हाइड्रोपावर लिमिटेडले आईपीओ जारी गर्ने भएको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ५ लाख ८५ हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।
साधारण शेयर सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
उक्त सम्झौता—पत्रमा भुजुङ हाइड्रोपावरका तर्फबाट कार्यकारी सञ्चालक खेम राज जोशी तथा कुमारी क्यापिटलका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत पुष्पशर्माले हस्ताक्षर गरेका छन् ।
हालभुजुङ हाइड्रोपावर लिमिटेडको अधिकृत पूँजीरु. ५० करोड रूपैयाँ, जारी पूँजीरु. ४३ करोड रूपैयाँ, र चुक्तापूँजीरु. ३२.७२५ करोड रूपैयाँ रहेको छ।
सन् २०१५ मा स्थापितभुजुङ हाइड्रोपावरले ७.५ मेगावाक्षमताको रन अफ रिभर प्रकारको अपर मिडिम हाइड्रोपावर प्रोजेक्ट विकास गरिरहेको छ।
आयोजनाको कुललागत रु. ३९ करोड रहेको छ भने कम्पनिले आयोजनाको कुललागतको १५% अर्थात रु. ५.८५ करोडको साधारण शेयर सर्वसाधारणहरुमा निष्काशन गर्न लागेको हो ।
यो आयोजना नेपालको लामजुङ जिल्लाको क्व्होला सोथार गाउँपालिकामा अवस्थित छ ।
प्रतिक्रिया दिनुहोस्