आजबाट खसी-बोकाको स्वास्थ्य परीक्षण : हरियो स्टिकर लगाएको मात्र किन्न आग्रह

काठमाडौं , असोज ११ । दशैं नजिकिएसँगै सरकारले खसी बोकाको स्वास्थ्य परीक्षण आजबाट शुरु गर्ने भएको छ ।

पशुसेवा विभागले उपत्यकाका १० ठाउँमा खसी बोकाको स्वास्थ्य परीक्षण गर्न लागेको हो । यो क्रम दशैंको नवमीसम्म जारी रहनेछ । त्यसका लागि ५० जना पशु चिकित्सकको टोली खटिदैछ ।

पशुसेवा विभागका वरिष्ठ पशु विकास अधिकृत डा। चन्द्र ढकालका अनुसार खसी बोकाको स्वास्थ्य परीक्षण गरेर स्वस्थकर खसी बोकाको सिङमा हरियो र अस्वस्थकरको सिङमा रातो रङको स्टिकर लगाइनेछ ।

कलंकी, टुकुचा, चन्द्रागिरि, चाल्नाखेल, बालाजु, टोखा, बल्खु, लोकन्थली, सल्लाघारीलगायत क्षेत्रमा स्वास्थ्य परीक्षण हुन लागेको हो । यो वर्षको दसैंमा उपत्यकामा ६० हजार खसीबोका खपत हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्