किसान माइक्रोफाइनान्सले २६.३२ प्रतिशत लाभांस दिने

काठमाडौं । किसान माइक्रोफाइनान्स वित्तीय संस्थाले २६.३२ प्रतिशत लाभांस दिने भएको छ । कम्पनीको २६ गते बसेको सञ्चालक समितिको बैठकले २५ प्रतिशत बोनस र कर प्रयोजनको लागि १.३२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

वित्तीय संस्थाको यो प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत र कम्पनीको साधारण सभाबाट पारित भएपछि लगानीकर्ताले पाउनेछन ।

तीन करोड २२ लाख रुपैंया चुक्ता पूँजी रहेको माइक्रोफाइनान्सको जगेडा कोषमा दुई करोड आठ लाख ३७ हजार रुपैंया रहेको छ । बोनसपछि कम्पनीको चुक्तापूँजी ४ करोड नाघ्नेछ ।

प्रतिक्रिया दिनुहोस्