कोरोनाका जटिल संक्रमित घट्दै, अब १० जना मात्रै आईसीयूमा

काठमाडौं , असोज ७ । पछिल्लो चौबिस घण्टामा काठमाडौं उपत्यकामा ४० जना कोभिड १९ संक्रमित थपिएका छन् ।

काठमाडौंमा ३५ र ललितपुरमा पाँचजना संक्रमित थपिएका हुन् ।थपिने संक्रमितको संख्या घटेसँगै काठमाडौं उपत्याकामा सक्रिय संक्रमितको संख्या ७५० मा झरेको छ ।

आज एक हजार ३२२ जना होम आइसोलेसनमा र ४९ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

अस्पतालमा उपचाररतमध्ये १० जना आईसीयूमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्