अमेरिका जाने ईडीभी भिसाका लागि नक्कली प्रमाणपत्र पेस गर्ने ९ पक्राउ

काठमाडौं, असोज ७ । अमेरिका जाने ईडीभी २०२१ को भिसा प्रक्रियाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको तथा बनाएको आरोपमा ९ जनालाई प्रहरलिे पक्राउ गरेको छ,

ईडीभी२०२१ मा नाम निस्किएपछि भिसा प्रक्रियाका लागि नक्कली प्रमाणपत्र पेस गरेको सूचनाको आधारमा नक्कली प्रमाणपत्र पेस गर्ने र बनाउने गरी नौ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा पाँचथर घर भइ झापा बस्ने समिर राई, कास्कीका अरूण कार्की, नुवाकोट घर भइ काठमाण्डौ बस्ने राधिका तामाङ, स्याङजा घर भइ काठमाण्डौ बस्ने सबिता श्रेष्ठ, झापाका बिदुर प्याकुरेल, काठमाण्डौका सुरज राज खत्री, अछामका वीरेन्द्र बहादुर रावल, झापाका दिनेश प्रसाई र झापाकै सूर्य बहादुर श्रेष्ठ रहेका छन् । झापाका दिनेश प्रसाई र झापाकै सूर्य बहादुर श्रेष्ठ नक्कली शैक्षिक प्रमाणपत्र बनाउने काममा सहभागी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्