सिटिजन्स बैंकद्वारा ९ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं, असोज ७ ।  सिटिजन्स बैंक इन्टरनेसनलले ९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

बिहीबार बसेको ४०३ औं सञ्चालक समितिको बैठकले शेयर धनीहरुलाई आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ९ प्रतिशत लाभांश स्वीकृत गरेको हो ।

सञ्चालक समितिको बैठकले प्रस्ताव गरे अनुसार आ.व २०७८/७९ को वितरण योग्य मुनाफाबाट २०७९ आषाढ मसान्तको चुक्ता पुँजी रु. १४,२००,९७४,००६ को ९ प्रतिशतले हुने रु १,२७८,०८७,६६१ नगद लाभांश दिने प्रस्ताव गरिएको बैंकले जनाएको छ ।

उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयर धनीहरुलाई प्रस्तावित लाभांश वितरण गरिने कुरा बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्