घरेलु कामदारका रुपमा रहेका प्रहरीका जवान फिर्ता ल्याउन निर्देशन

काठमाडौं । प्रभानमन्त्री केपी ओलीले घरेलु कामदारका रुपमा रहेका प्रहरीका जवान फिर्ता ल्याउन निर्देशन दिएलगत्तै गृह मन्त्रालयले प्रक्रिया अघि बढाएको छ ।

स्रोतका अनुसार गृहले प्रहरी प्रधान कार्यालयलाई पत्र काटेर ‘बिना रेकर्ड’ का करिब ५ हजार संख्यामा रहेका प्रहरी कहाँ–कहाँ खटिएका छन् भनेर दरबन्दी विवरण मागेको छ । गृह सचिव कृष्णमोहन सापकोटाका नेतृत्वमा सुरक्षाकर्मीको दुरुपयोग रोक्न उच्च स्तरीय समिति नै बनाइएको छ ।

प्रहरी प्रधान कार्यालयले भने गृहले भनेजस्तो रेकर्ड बिनाको प्रहरी नरहेको दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्