थप ७४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं , असोज ४ । पछिल्लो २४ घण्टामा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३५१२ जनाको नमूना परीक्षण गर्दा ७४ जनामा संक्रमण देखिएको हो ।

१५३५ को पिसीआर परीक्षणबाट ३९ जना र १९७७ को एन्टीजेन परीक्षणबाट ३५ जनामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी, हाल नेपालमा १६ सय १९ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । आज संक्रमितको मृत्यु भएको छैन ।

हालसम्म नेपालमा कोरोना संक्रमणका कारण १२ हजार १६ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्